काठमाडौं । नेपाली बजारमा बर्षको पहिलो कारोवारको दिन शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ । छापावाल सुन २०७८ को अन्तिम कारोबारको दिन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले उल्लेख गरेको छ ।