Logo

सुनमा लगानी गर्नेका लागि बर्ष २०७८ सुखद, एक वर्षमै प्रतितोला १२ हजारले बढ्यो

सुनमा लगानी गर्नेका लागि बर्ष २०७८ सुखद, एक वर्षमै प्रतितोला १२ हजारले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनमा लगानी गर्नेका लागि २०७८ सुखद बर्षका रुपमा रह्यो । पछिल्लो एक बर्षको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजारसम्मले बढ्नु लगानीकर्ताका लागि सुखद विषय रहेको हो । विस २०७७ चैत्र मसान्तमा प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन विस २०७८ को चैत्र मसान्तमा आइपुग्दा प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारेबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ७० डलर रहेको छ । उक्त मूल्य गत बर्षको यही अवधिको तुलनामा प्रति औंस २ सय २१ डलरले बढी हो । विस २०७७ साउन २३ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुग्दै बनेको रेकर्ड त्यसयता विस २०७८ फागुन २५ गते १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेर तोडिएको थियो । सुनको मूल्यमा विश्वव्यापी रुपमा घटबढ हुनुमा लगानी र आम्दानीको अन्य स्रोतसँगको सम्बन्धले निर्धारण हुने गरेको पाईन्छ । विश्व बजारमा अमेरिकी डलरको मूल्य बढदा सुनको मूल्यले पनि नयाँ उचाई निर्धारण गर्ने गरेको छ ।

पछिल्लो समय रुस युक्रेन युद्धका कारण पनि नेपालमा सुन, पेट्रोललगायत खाद्यान्न र तेलको मूल्यमा प्रभाब पारेको छ । नेपाली बजारमा उक्त द्धन्द सुरु हुँदा प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुृन त्यसयता यसअघिको मूल्यको उच्च रेकर्ड तोडदै १ लाख ५ हजार ५ सय रुपैयाँ प्रति तोलासम्म पुगेको थियो । नेपालमा सुन र तेलको मूल्य अन्तरराष्ट्रिय बजार मूल्य अनुसार निर्धारण हुने गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा पछिल्लो १ महिनामा मात्रै सुन ४७ दशमलव ९९ डलर प्रतिऔंसले बढेको छ । यसरी १ महिनामै प्रतिऔंस २ दशमलव ५ प्रतिशतले मूल्य बृद्धि हुनुमा अन्तरराष्ट्रिय बजारमा उत्पन्न युद्धलगायतका तनावहरुपनि जिम्मेवार रहेको व्यावसायीको बुझाई छ ।

नेपालको अर्थतन्त्र कमजोर हुदै गएसँगै राष्ट्र बैंकले सुनको आपूर्ति दैनिक १० केजी मात्र आयात गर्न पाउने व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकको प्राबधानले दैनिक रुपमा भईरहने ३५ केजी बराबरको बरावरको मागलाई आपूर्ति गर्न नसकिने व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL