Logo

म्यानको अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध चयन, महासचिवमा मोहन ओझा

म्यानको अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध चयन, महासचिवमा मोहन ओझा



काठमाडौं । म्यानको अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध निर्वाचित भएका छन् । म्यानको आज भएको पदाधिकारी निर्वाचनमा अध्यक्ष पदका लागि पौड्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यस अघि भएको म्यानको सदस्य पदको निर्वाचनमा पौड्यालले सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका थिए । म्यानको विधान अनुसार अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएपछि उक्त सदस्यहरुबाटै पदाधिकारी चयन गरिने व्यवस्था छ ।

यसैगरी म्यानको प्रथप उपाध्यक्षमा पनि सुरेन्द्र गोयल निर्विरोधन निर्वाचित भएका छन् । तर द्धितिय उपाध्यक्षमा भने अस्मी राणा र अनु जोशीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ ।

यसैगरी महासचिवमा मोहन ओझा निर्विरोध निर्वाचित भएका छन् । उक्त पदमा पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्षमा हेमा अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । म्यानको सदस्यहरु भने यस अघि नै चयन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्