Logo

उपभोक्तालाई फुल सिलिण्डर ग्याँस र आवश्यकता अनुसार पेट्रोलियम

उपभोक्तालाई फुल सिलिण्डर ग्याँस र आवश्यकता अनुसार पेट्रोलियम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले खाना पकाउने एलपीजी ग्याँस तथा पेट्रोलियम पदार्थमा लगाएको परिमाणत्मक बन्देज खारेज गरेको छ । आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार अवदेखि १४ दशमलव २ किलोग्राम एलपी ग्याँस र मोटसाइकल तथा चार पाङग्रे सवारीसाधनले आवश्यकता अनुसार इन्धन पाउने छन् ।

हाल काठमाडौ उपत्यकामा दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेलको माग छ । तर, पछिल्लो बजारमा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल पठाइरहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

आपुर्ति मन्त्रालयले आपुर्ति व्यवस्था सहज नभएको भन्दै आधा सिलिण्डर अर्थात ७ दशमलव १ किलोग्राम ग्याँस, मोटरसाइकलमा ५ लिटर र चारपाङग्रेमा १५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको थियो । ‘हालसम्म पेट्रोलियम पदार्थमा लगाइएको परिमाणत्मक बन्देज पुर्ण रुपमा खारेज भएको छ,’ पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री गणेशमान पुनले भने, ‘अवदेखि लाइनमा वस्ने उपभोक्ताले आवश्यकता अनुसार पेट्रोलियम पाउनेछन् ।’

परिमाणत्मक बन्देज लगाउँदा एउटै व्यक्ति पटक–पटक लाइन बस्ने प्रबृति बढेकाले त्यसलाई निरुत्साहित गर्न आवश्यकता अनुसार दिने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिए । ‘मोटसाइकलमा ५ लिटर पेट्रोल भर्छन त्यसपछि अर्काे पम्प फेरि लाइनमा वस्छन्,’ उनले भने, ‘जसले गर्दा इन्धन सहज हुनुको सट्टा झन लाइन बढी हुन थाल्यो ।’

सीमानाका खुलेपनि इण्डियन आयल कर्पाेरेशन (आइओसी)ले मागको ७० प्रतिशत पेट्रोलियम मात्र लोडिङ दिँदै अएको छ । जसले गर्दा सहज हुन नसकेको मन्त्रालयले जानकारी दिएको छ । तर, पछिल्लो समय लगातार रुपमा इन्धन आयत बढीरहेकाले आवश्यकता अनुसार दिने निर्णय गरेको पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL