Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढयो, एक लाख एक हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य प्रतितोला ६ सयले बढयो, एक लाख एक हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले बढेर तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाख एक हजारमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १४०० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १३८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL