Logo

सरकारले पुँजीगत खर्च गर्न सकेन, ढुकुटीमा थुप्रियो ३ खर्ब ३५ अर्ब

सरकारले पुँजीगत खर्च गर्न सकेन, ढुकुटीमा थुप्रियो ३ खर्ब ३५ अर्ब



काठमाडौं । चालू आर्थिक बर्षको फागुन मसान्तमा सरकारी ढुकुटीमा ३ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ थुप्रिएको छ । सरकारले समयमै पुँजीगत खर्च परिचालन गर्न नसक्दा नेपाल राष्ट्र बैंकमा रहेको सरकारका विभिन्न खातामा (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) ३ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

तर २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब अर्ब १८ करोड रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति १ खर्ब ९ अर्ब २४ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७७ अर्ब ९९ करोड रुपैयाँ छ ।

यस्तै प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३१ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश सरकारहरुको खर्च ६३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्दा राष्ट्र बैंकमा गएर पैसा थुप्रिएको छ । सरकारले मासिक १० प्रतिशतका दरले ८ महिनामा ८० प्रतिशत पुँजीगत खर्च परिचालन गर्ने लक्ष्य लिएपनि सो अबधिसम्म आईपुग्दा २५.९३ प्रतिशतमात्रै पुँजीगत खर्च परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL