Logo

तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख एक सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १३६५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL