Logo

भरी सिलिण्डर ग्यास बेच्न दिने सरकारको निर्णय, आजदेखि कार्यन्वयन

भरी सिलिण्डर ग्यास बेच्न दिने सरकारको निर्णय, आजदेखि कार्यन्वयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबारदेखि बजारमा भरी सिलिण्डर ग्यास आउने भएको छ । सरकारले उद्योगीहरुको माग अनुसार पूरा सिलिण्डर ग्यास भर्न आजबाट निर्देशन दिने निर्णय गरेको हो ।

आपूर्ती मन्त्रालयका अनुसार उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिएको छ । आपूर्ती मन्त्री गणेशमान पुनले यस्तो निणर्य गरेका हुन् ।

नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास विक्री गर्दा पनि माग धान्न सकिने विश्वास दिलाएपटि यस्तो निणर्य गरिएको बताइएको छ ।

नेपालको सामान्य अवस्थामा माग हुने ग्यास बुलेट आयात नभएपनि करिब एक महिनादेखि उद्योगीहरुले पूरा सिलिण्डर भर्न माग गर्दै आपूर्ति मन्त्रालय र निगमलाई पत्राचार गरिरहेको थिए।

प्रतिक्रिया दिनुहोस्
MBL