Logo

८ करोडको कारोवार गर्दै सकियो औद्योगिक मेला, ६३ जना उद्यमी पुरस्कृत

८ करोडको कारोवार गर्दै सकियो औद्योगिक मेला, ६३ जना उद्यमी पुरस्कृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेलामा करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मेलामा ६ लाख ५० हजार मानिसहरु सहभागी भएको आयोजकले जानकारी दिएको छ । मेलाको समापन कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्यमीले प्राकृतिक स्रोतको प्रयोगसँगै आधुनिकिकरणलाई जोड दिनुपर्ने बताएका छन् । साथै प्राकृतिक उत्पादन र आधुनिकीकरण दुवै पक्षमा जोड दिनु जरुरी भएको बताए ।

मन्त्री पाण्डेले सुरुवातमा सबै उद्योग लघु हुने र पछि त्यसले ठुलो रुप लिने भएकाले अबको नयाँ पुस्तालाई उद्यमी बन्न सिकाउन समेत आग्रह गरेका छन् । सो अवसरमा उद्योग मन्त्रालयका सचिव सुर्यप्रसाद सिलवालले मेलाले भविष्यलाई दिशानिर्देश गरेको बताए ।

साथै यस प्रकारको कार्यक्रमले प्राकृतिक स्रोतलाई कसरी उपयोग गर्ने भन्ने कुरा सिकाएको धारणा व्यक्त गरे । साथै यसले बजार निर्माणमा सहयोगी साबित भएको बताए । सिलवालले उत्पादनको

परिमाण बढाउन सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले देशमा करिब ३६ हजार घरेलु उद्योगहरु रहेपनि आधामात्र सञ्चालनमा रहेको बताए ।

कार्यक्रममा ६३ जना उद्यमीहरुलाई पुरष्कार वितरण गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेमो सर्वोत्कृष्ट पुरष्कार उद्यमी दिव्यातारा तुलाधारले जितेकी छिन् । सो पुरष्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । २० जना उद्यमीले २० हजार रुपैयाँको उत्कृष्ट पुरष्कार प्राप्त गरेका छन् ।  १५ जनाले १० हजार रुपैयाँको द्वितय पुरष्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL