Logo

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, तोलाको एक लाख ३ सयमा कारोबार हुँदै

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, तोलाको एक लाख ३ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख नाघेको छ ।

आज सुन तोलाको एक लाख ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३६५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १३५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL