Logo

भोलिदेखि राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैं, के-के छन् एजेण्डा ?

भोलिदेखि राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैं, के-के छन् एजेण्डा ?



काठमाडौं । स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत २८ र २९ गते काठमाडौं हुँदैछ । सम्मेलनमा लघुवित्त कार्यक्रम संचालन गरेका २ सय वटा संस्थाहरुबाट ६ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरुको सहभागीता रहने केन्द्रले जनाएको छ ।

सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १ सय ५० वटा सहकारी संस्थाहरुले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेको र उनीहरू सम्मेलनमा सहभागी हुने केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको मात्र ४ सय ३० अर्ब रुपौयँभन्दा वढी कर्जा लगानीमा भएको र जसमध्ये ३ सय ७१ अर्व रुपैयाँ खुद्रा र ६९ अर्व थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरुले लगानी गरेका छन् । २०७५ साल सम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको दाबी केन्द्रको छ । तीन बर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेहरुको संख्या सतप्रतिशत भन्दा धेरै वढेको जनाइएको छ ।

करीब ५४ लाख ५० हजार महिला तथा १ लाख ५० हजार पुरुषहरुले यो सेवा प्राप्त गरेका छन । मुलुकभर ४ हजार ९ सय ६५ शाखा मार्फत २३ हजार २ सय ८१ लघुवित्तकर्मीहरु लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको रहेको छ । ‘घर घरमा उद्यम फैलाऊँ, गरीबीलाई शुन्य वनाऊँ’ भन्ने मुल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिन लागेको श्रेष्ठले बताए ।

सहभागी सदस्यहरुलाई कार्यक्रम पश्चात स्वच्छ लघुवित्त अभियानमा सहभागी गराई गाउँगाउँमा परिचालन गरिने जनाइएको छ । केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट मुलुकभरका दुर्गम तथा विकट जिल्लाका वासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्याउँदैसमेत जनाएको छ । यसका साथै बैंकिङ सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरु, खासगरी महिलाहरुलाई स्वावलम्बन बैंकिङ कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको जनाईएको छ ।

केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण गरिसकेको छ । गुणस्तरीय, माग आधारित र सुलभ मुल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने यस केन्द्रको मुख्य रणनीति रहेको जनाएको छ । आफ्नो कार्यविधिमा बदलाव ल्याउँदै प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान नगरी ग्रामीण तथा सामुदायिक विकासमा संलग्न संस्थाहरुका जनशक्तिहरुको क्षमता बृद्धिमा टेवा पुर्याउने, विभिन्न विषयमा तालिम प्रदान गर्ने एक सबल संस्थाका रुपमा आफूलाई स्थापना गर्ने गरि संस्थालाई अगाडी बढाएको बताइएको छ ।

वर्तमान समयमा यस केन्द्रले लघुवित्त क्षेत्रेलाई सुदृढीकरण गर्ने आफ्नो कार्ययोजना विस्तार गर्दै विभिन्न विकास बैंक, लघुवित्त विकास बैंक, सहकारी सस्थां एवं वित्तीय मध्यस्तता गर्ने गैरसरकारी सस्थां तथा ‘क’ वर्गका बैंकहरुलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको छ । यसका साथै विभिन्न अन्तर्राष्ट्रिय सघं सस्थाहरुमा अध्ययन-अवलोकन भ्रमणका कार्यक्रमहरु सचालन समेत गर्दै आइरहेको छ । लघुवित्त क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र विकृतिहरुलाई मध्यनजर गर्दै सोही सम्बन्धमा लघुवित्त क्षेत्रका सरोकारवालाहरुसँग वार्ता कार्यक्रमहरु सचांलन गर्दै आएको समेत जनाएको छ ।

आगामी दिनहरुमा केन्द्रले उच्च गुणस्तरीय तालिम प्रदान गर्ने, समय सापेक्ष वार्ता कार्यक्रमहरु सचांलन गर्ने तथा लघुवित्त क्षेत्र सम्बन्धि विभिन्न अनुसन्धान गर्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ । सोही अवधारण अनुसार तीन बर्षमा ३० लाख विपन्न परिवारमा लघवित्त सेवा विस्तार गरेको समेत जनाइएको छ । लघुवित्तको सिद्धान्त मर्म, एवं भावना अनुरुप विपन्नहरु पनि ऋण योग्य हुन सक्छन्, विपन्नलाई कर्जा सेवाबाट आर्थिक समुन्नति तिर उन्मुख बनाउन, आत्म सम्मान र स्वाभिमानसँग बाँच्न सक्ने हैसियत बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित भैसकेको अध्यक्ष श्रेष्ठको दाबी छ ।

कर्जाको सदुपयोग गरी विपन्न वर्ग पनि आफ्नो सीप, साधन र दक्षता अभिवृद्धि गर्दै उद्यमी वनेका र आत्मनिर्भर भई उन्नतिको खुडकिलो चढन सक्षम बनाउने यो केन्द्रको उदेश्य हो । सेवा विस्तारको नाममा कतिपय ठाउँमा विपन्न वर्ग भन्दा टाठाबाठा र हुनेखानेले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लघुवित्त सेवाको फाइदा लि रहेको जनाउदै यसरी दिएको कर्जा टाठाबाठाहरुले दुरुपयोग गर्ने गरेकालाई नियन्त्रण गर्न समेत सहयोग केन्द्रले उनले बताए ।

लघुवित्तकर्मी, लघुवित्त सदस्य र नीति निर्माता तथा नियामक निकाए एउटै थलोमा भेला भएर अन्तर्कया हुनु जरुरी ठानेर हरेक २ बर्षमा राष्ट्रिय स्तरको सम्मेलन गर्ने तय गरिएको जनाइएको छ । कोभिडका कारण यसअघि हुन नसकेको सम्मेलन केन्द्रले आयोजना गर्न लागेको हो । राष्ट्रिय स्तरको यो सम्मेलनपछि बाँकी रहेका प्रदेशहरूमा पनि गरिने अध्यक्ष श्रेष्ठले बताए । यसअघि प्रादेशिक रूपमा दुईवटा प्रदेशमा सम्मेलन आयोजना गरिसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL