काठमाडौं । शुक्रबार(आज) नेपाली बजारमा सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै १ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भईरहेको छ । छापावाल सुन बिहीबार ९९ हजार रुपैयाँमा र चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।