काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक पदका लागि आवेदन खुल्ला गरेको छ । प्राधिकरणले ५ सय ३ जना कर्मचारी मागेको हो ।
जसअनुसार प्राधिकरणले अधिकृत स्तरका १ सय ६ जनाका लागि रोजगारी खुलाएको हो । जसमा प्रवन्धक, सहायक प्रवन्धक,उपनिर्देशक, प्राविधिकलगायत छन् । त्यस्तै सहायक स्तरमा सिनियर मिरटरिडर सुपरभाइजर,लेखापाल तथा फोरमेनमा प्राधिकरणले पाँचौ तहका ८९, चौथो तहका ८८ र तेस्रो तहमा २० कर्मचारी माग गरेको हो ।
चैत १५ गतेभित्र आवेदन दिन सक्ने बताइएको छ ।