Logo

महिला मोटरसाइकल रेसिङमा दिक्षा श्रेष्ठ प्रथम, विजेतालाई वैदेशिक रोजगारको तालीम दिइने

महिला मोटरसाइकल रेसिङमा दिक्षा श्रेष्ठ प्रथम, विजेतालाई वैदेशिक रोजगारको तालीम दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिला मोटरसाइकल च्याम्पियनसिप ‘रेसिनारी’ मा दिक्षा श्रेष्ठ प्रथम भएकी छिन् । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को संयोजन र नेपाल मोटरसाइकल फेडेरेसनको व्यवस्थापनमा शनिवार सम्पन्न रेसनारी मा १२५ सिसी बाइकको ट्रयाक रेसिङमा श्रेष्ठ प्रथम भएकी हुन् ।

त्यस्तै आर्जु सिंह ठकुरी द्वितीय र दिपा श्रेष्ठ तृतीय भए ।

सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरको कम्पाउण्डमा सम्पन्न सो च्याम्पियनसिपमा मोटरसाइकल रेसिङसँग सम्बन्धित विभिन्न विधा समावेश गरिएको थियो । त्यसैगरि मोटरसाइकल स्पोर्ट्सको नयाँ विधा जिमखानामा वर्षा बस्नेत प्रथम, दिक्षा श्रेष्ठ द्वितीय र निता डि.सि. तृतीय भएको बताइएको छ । यता स्लो राइडिङ प्रतिस्पर्धामा आर्जु सिंह ठकुरी प्रथम, लिन्डा बतास द्वितीय र निता डि.सि. तृतिय भए ।

विजेताहरुलाई नासाका अध्यक्ष दशरथ रिसाल, अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य प्रदिपमान प्रधान तथा नेपाल मोटरसाइकल फेडेरेसनका अध्यक्ष सीताराम न्यौपाने लगायतले सिल्ड, मेडल तथा विभिन्न पुरस्कारहरु प्रदान गरेका थिए । रेसिङ च्याम्पियनसिपका विजेताहरुलाई वैदेशिक तालिमको अवसर प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL