Logo

देउबा मन्त्रिपरिषदमा हेरफेर : गोविन्द बन्दी कानून मन्त्रीमा नियुक्त, बडुलाई उद्योगको जिम्मेवारी

देउबा मन्त्रिपरिषदमा हेरफेर : गोविन्द बन्दी कानून मन्त्रीमा नियुक्त, बडुलाई उद्योगको जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरफेर गरेका छन् । देउबाले गैर सांसद कानून व्यवसायी गोविन्द बन्दीलाई कानून मन्त्रीको नियुक्तिको सिफारिश गरेका छन् ।

यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडुलाई उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । बन्दी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् ।

उनले एमसीसीको व्याख्यात्मक विश्लेषणका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोग लगाउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

बडु काँग्रेसका केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिमका बडु काँग्रेस नेता रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेका थिए । उनले पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL