काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै १ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भईरहेको छ । छापावाल सुन बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।