Logo

भारतीय प्रम मोदीले भने,‘नेपालको शान्ति स्थिरता र विकास भारतको साझा उद्देश्य’

भारतीय प्रम मोदीले भने,‘नेपालको शान्ति स्थिरता र विकास भारतको साझा उद्देश्य’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति स्थिरता र आर्थिक विकास भारतको साझा उद्देश्य भएको बताएका छन् ।

मोदीले शनिवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा यस्तो बताएका हुन् । ‘भारतले नेपालमा ७ हजार मेगावाटको विभिन्न जलविद्युत आयोजनमा लगानी गरिरहेको छ,’उनले भने ‘ती आयोजना पूरा भएका नेपालको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।’

सो अवसरमा उनले नेपालका लागि संविधान महत्वपूर्ण उपलब्धि रहेको समेत बताए । पिएमओ इण्डियाका अनुसार मोदीले पछिल्लो केही बर्षमा नेपालले प्रजातन्त्र र संघियताको दिशामा प्रशंशनिय प्रगती गरेको चर्चा गरे ।

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्वन्धका बारेमा चर्चा गरे । ‘नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको छ,’ उनले भने । भारतको आर्थिक प्रगती नेपालको समृद्धिका लागि सहायक बन्न सक्ने बताए । साथै दुई देशबीचका यातायात करिडोर विकासका मार्ग बन्ने बारे धारणा राखे ।

सो अवसरमा मोदीले सुशिल कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गरे । त्यसैगरी भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै भनेका छन् ‘दुवंै प्रधानमन्त्रीले ढल्केबर मुजफ्फरपुर ट्रान्समिसन लाइनको उद्दघाटन गरे ।’

प्रतिक्रिया दिनुहोस्
MBL