Logo

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमार्डौं । नेपालको सुनचाँदी बजारमा बुधबार (आज) छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९८ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL