Logo

फेरि बढ्यो ग्यास र पेट्रोलियमको भाउ, निगम अझै मासिक ९ अर्ब २७ करोड घाटामा

फेरि बढ्यो ग्यास र पेट्रोलियमको भाउ, निगम अझै मासिक ९ अर्ब २७ करोड घाटामा



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो । पेट्रोलियम पदार्थको मूल्य बढाएपनि निगम अझै मासिक ९ अर्ब २७ करोड घाटामा रहने निगमको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL