Logo

स्काइपले थप्यो नयाँ सुविधा, एकै पटक २५ जनासँग भिडियो कल गर्न मिल्ने

स्काइपले थप्यो नयाँ सुविधा, एकै पटक २५ जनासँग भिडियो कल गर्न मिल्ने


बिजखबर संवाददाता
0
Shares

स्काइपले ग्रुप भिडियो कलिङको सुविधा थप गरेको छ । स्काइपको ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको हो ।

सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका बताइएको छ । आगामी सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ ।

माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ ।
स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ । अघिल्लो साता माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL