Logo

प्रमको दिल्ली भ्रमणमा निजी क्षेत्र सहभागी हुँदै, भारतीयलाई नेपालमा लगानी गर्न पहल गरिने

प्रमको दिल्ली भ्रमणमा निजी क्षेत्र सहभागी हुँदै, भारतीयलाई नेपालमा लगानी गर्न पहल गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वका प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महासंघकोे प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्साना श्रेष्ठ र शाहिल अग्रवाल र महासंघका उपनिर्देशक अनुपकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ र कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ र त्रिभुवनधर तुलाधर आइतवार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सो भ्रमणमा त्यस्तै परिसंघको अध्यक्ष नरेन्द्र वस्नयात, वरिष्ठ उपाध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्ष अनुज अग्रवाल र निर्वाण चौधरी चौधरी भारत जान लागेको बताइएको छ ।

नेपाल उद्योग परिसंघ(सिएनआइ) र महासंघको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, उर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, बैकिङ, शिक्षा स्वास्थ्य, अटोमोवाइल, हस्तकला, उत्पादनमुलक क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

भारतमा रहदा निजी क्षेत्रका व्यवसायीहरु प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागि हुने बताइएको छ । महासंघको समकक्षी भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमहरुमा सरिक हुनेछ ।

त्यसैगरि भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, उर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीहरुसंग भेटवार्ता गरि द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL