काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।