काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय धिमा गतिमा तलमाथि भईरहेको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले उकालो लाग्दा यसको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार ८ सयमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको । चाँदी बुधबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १३ सय ५० पुगेको हो ।