Logo

प्रभु लाइफको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त, सम्हाले कार्यभार

प्रभु लाइफको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त, सम्हाले कार्यभार



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरुबाट संचालक समितिको अध्यक्षमा सुभाष अमात्यलाई नियुक्त गरेको छ ।

कम्पनीको बुधबार बसेका संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले बुधबार नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

यस अघि अध्यक्ष रहेका भएका डा.आत्माराम घिमिरेले मिति २०७८/१२/१६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएका हुन् । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL