Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजार ८ सयमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ९८ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा १३ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL