Logo

एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL