Logo

सुनको भाउमा उतारचढाव, आज तीन सय ५० घट्यो

सुनको भाउमा उतारचढाव, आज तीन सय ५० घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ मंसिर, काठमाडौं ।आइतबार सुनको भाउ तोलामा तीनसय ५० रुपैयाँ घटेको छ । शुक्रबार ५१ हजार तीनसय ५० रुपैयाँ रहेको सुन आइतबार ५१ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए ।
यस्तै आइतबार चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । आइतबार चाँदी सातसय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदी शुक्रबार सातसय १० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।
विश्वबजारमा सुनको मूल्यमा तीव्र रुपमा उतारचढाव भएकाले नेपालमा पनि परेको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ११ सय ९३ डलर रहेको छ । शुक्रबार विहान १२०१ डलर प्रति औंस रहेको सुनको भाउ बेलुका घटेको थियो ।
यसैबीच नेपाली बजारमा सुनको कारोबारमा मन्दी देखिएको व्यवसायी तेजरत्न शाक्यल बताएका छन् । शुक्रबारसम्म दैनिक झण्डै ३० किलो सुनको माग भएपनि आइतबारबाट माग घटेको शाक्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL