काठमाडौं । सरकारले ‘राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धि अवधारणा’ स्वीकृत गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी दुई बर्षभित्र ऊर्जा संकटकाल अन्त्य गर्ने कार्ययोजनालाई स्वीकृत गरेको छ ।
एक वर्ष्भित्र आधारभूत रुपमा र दुई वर्ष्भित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त बनाउने गरी निश्चित कार्ययोजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । सो बैठकले २१ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ ।