Logo

यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ चाँदीको कारोबार ?

यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ चाँदीको कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको मुल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL