Logo

जापानद्धारा साढे ३ अर्व सहयोग,अस्पताल तथा पुलको पुनर्निर्माण गरिने

जापानद्धारा साढे ३ अर्व सहयोग,अस्पताल तथा पुलको पुनर्निर्माण गरिने


बिजखबर संवाददाता
0
Shares

जापान सरकारले भूकम्पबाट क्षतिग्रत भौतिक संरचनाको पुनःस्थापनाका लागि ३अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

जापानले परोपकार प्रसूतिगृह र वीरअस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारास्थित खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण र गोरखाको बारपाक बाह्रकिलोस्थित पुलको निर्माणका लागि जापान सरकारले उक्त अनुदान उपलब्ध गराएको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जापानी सहयोग नियोग जाइकाका प्रमुख प्रतिनिधि चुतोमु सिमीजुले हस्ताक्षर गरे ।

सो अवसरमा जाइकाका प्रमुख सिमीजुले पुनर्निर्माणका काम द्रुत गतिमा कार्यान्वयन गर्न जापानी सहयोग फलदायी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
MBL