Logo

नेपालमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २५ रुपैयाले बढेर १४०० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि विहिबार चाँदी तोलाको १३७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL