Logo

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा सामान्य सुधार

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा सामान्य सुधार



काठमाडौं । लामो समयदेखि गिरावट आएको सेयर बजार बिहीबार पनि घटेको छ । प्रिओपनिङमा सामान्य बढेपनि समान्य रुपमा बजार खुलेदेखि ओरालो यात्रा गरेको नेप्से अन्तमा १६.६९ अंकले घट्न पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा बीमा बाहेक सबै उपसमुहहरुमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी विकास बैंक समुह ९२ अंकले घटेको छ भने उत्पादन मुलक ८३ अंक र होटल र फाइनान्स समुहमा ४३ अंकको गिरावट आएको छ । तर दोहोरो अंकले घटेको बजारमा जीवन बीमा ३६९ र निर्जीवन बीमा १२७ अंकले बढेको छ ।

घट्दो बजारमा साताको अन्तिम दिन कारोबार रकममा भने केही सुधार आएको छ । दैनिक कारोबार २ अर्ब रुपैयाँ हाराहारीमा झरेकोमा बिहीबार केही सुधार आउँदै ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । जसमा २२४ कम्पनीको ५२ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । घट्दो बजारमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मुल्य बढेर सर्किट हानेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL