Logo

सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो, एक लाख तीन सय रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो, एक लाख तीन सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL