Logo

नयाँ अध्ययनको निष्कर्ष-‘कोभिडविरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम’

नयाँ अध्ययनको निष्कर्ष-‘कोभिडविरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम’



काठमाडौं । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ ।

हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।

यहाँ लगाइएका सिनोभ्याक र अर्को एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो । साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो ।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL