Logo

मनोरन्जन कर नतिर्ने ‘सिनेमा हल’ संचालकको सम्पती लिलामी गरिँदै

मनोरन्जन कर नतिर्ने ‘सिनेमा हल’ संचालकको सम्पती लिलामी गरिँदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगर पालिकाले मनोरन्जन कर नतिर्ने फिल्म हललाई कारवाही गर्ने भएको छ । महानगरले काठमाडौंमा सञ्चालित सिनेमा हलले मनोरन्जन कर नतिरेको भन्दै कारवाहीको प्रक्रिया अगाडी बढाउन लागेको हो ।

यस्ता कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने महानगरका राजस्व शाखा प्रमुख धुब्रकुमार काफ्लेले जानकारी दिए । ‘शुरुमा समालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारवाही गर्ने छौं,’ उनले भने, ‘त्यसपछि पनि नतिरेमा अन्त्यमा जग्गा लिलामी गर्ने छौं ।’ उनका अनुसार सिनेमा हल रहेको स्थानको जग्गा वा हल संचालकको सम्पती लिलामी गरिर भएपनि उक्त कर उठाइने भएको छ ।

उनका अनुसार काठमाडौंमा संचालित कुनैै पनि सिनेमा हलले यसप्रकारको कर तिरेका छैनन् । काठमाडौंमा ११ ओटा हल सञ्चालनमा छन् । ति हलहरुको मनोरन्जन कर वापत बार्षिक २५ लाख रुपैयाँ कर बक्यौता रहेको छ ।

सिनेमा हलले एउटा टिकटको २ प्रतिशतका दरले मनोरन्जन कर तिर्नुपर्ने हुन्छ । दर्शकबाट सो कर असुल गरेपनि सरकारलाई भने हालसम्म तिरेका छैनन् । महानगरले २०५६ देखि फिल्म हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरन्जन कर लिन थालेको हो ।

मूल्य अभिबृद्धि कर लागु भएपछि मनोरन्जन कर हटेको भन्दै सिनेमा हलहरुले सो कर तिर्न नमानेको काफ्लेले बताए । ‘तर, महानगरको स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार महानगरले कर लिने व्यवस्था छ,’ उनले भने । महानगरले नेपालमा बोलिले भाषामा बनेका सिनेमाको भने कर लिने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्