Logo

सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा आज ११ सयले घटेर ९९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL