नेपाल आयाल निगमले हवाई इन्धनको मुल्यमा भारी गिरावट गरेको छ । निगमले भोलीबाट लागू हुनेगरी हवाई इन्धनमा प्रतिलिटर ५५ रुपैयाँ ८८ पैसा घटाएको छ । हवाई इन्धनको मुल्य लामो समयदेखि समायोजन नगरेकाले एकैपटक बढी रकम घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
यसैगरी आयल निगमले अन्तरराष्ट्रिय उडाको प्रतिकिलोलिटर ५ सय ४९ डलर अटाएको छ । निगमले अन्तरराष्ट्रिय उडाको लागि इन्धनको मूल्य प्रति किलोलिटर ९ सय ८१ डलर कायम गरेको छ । यस अघि अन्तरराष्ट्रिय उडानको प्रतिकिलो लिटर १ हजार ५ सय ३० डलर रहेको थियो ।
केही समयभित्रै पेट्रोल तथा डिजेलेको मुल्य पनि घटाइने निगमले जानकारी दिएको छ ।