Logo

नेपाल–भेतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा, २५ सदस्यीय कार्यसमिति चयन

नेपाल–भेतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा, २५ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल–भतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक मल्होत्रा चयन भएका छन् । संघको १० औं वार्षिक साधारणसभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो ।

vetnam-dipak-malhotra

संघको वरिष्ठ उपाध्यक्षमा धुब्रकुमार श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरुमा सुरेशमान श्रेष्ठ र शम्भुप्रसाद दाहाल चयन भएका छन् । यसैगरी, महासचिवमा गोपालदाश मानन्धर चयन भए भने कोषाध्यक्षमा कवीकुमार टिवरेवाला निर्वाचित भए । संघको सविचमा पुर्णेश प्रसाद श्रेष्ठ र रामशरण थपलिया रहेका छन् ।

संघको कार्यसमिति सदस्यहरुमा क्रमशः राजारत्न तुलाधर, पहलमान गुरुङ, विकाशरत्न धाख्वा, धनबहादुर गुरुङ, दिनेश तुलाधर, घनश्याम श्रेष्ठ, गोविन्द गुरुङ, कृष्ण पौडेल, खगेन्द्र सिटौला, मनिषलाल प्रधान, उर्मिला श्रेष्ठ, नविन सारु, रोमिलाल श्रेष्ठ, सुनिलभक्त श्रेष्ठ, सर्वोत्तमलाल श्रेष्ठ र सुनिल शर्मा चयन भएका छन् । उक्त कार्यसमितिको पदावधि ३ वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL