Logo

विकास आयोजनामा ‘पोलिटिकल म्याच फिक्सिङ’

विकास आयोजनामा ‘पोलिटिकल म्याच फिक्सिङ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजनीतिक दलहरुको व्यक्तिगत तथा पार्टीगत स्वार्थका कारण देश विकास हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बताएका छन् । ‘विकास आयोजनामा ‘पोलिटिकल म्याच फिक्सिङ’ भइरहेको छ,’ संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीद्वारा लिखित कसरी ‘बन्छ सम्बृद्ध नेपाल ?’ पुस्तकको छलफलमा उनले भने, ‘यसै कारण देशका विकास आयोजनाहरु अघि बढ्न सकेको छैन ।’

देशमा ठूला जलविद्युत आयोजना बन्न नसक्नुमा राजनीतिक समस्या मुख्य कारक भएको उनको भनाइ थियो । ‘विकास आयोजना निर्माणमा जवसम्म राजनीतिक दलहरुको एजेण्डा मिल्दैन तवसम्म अघि बढ्न सक्दैन,’ उनले भने, ‘जसले गर्दा देशमा जलस्रोतको बहुआयामिक उपभोगितालाई कार्यान्वयनमा ल्याउन सकिएको छैन ।’ पछिल्लो समय विज्ञहरु पनि राजनीतिक दलको पछि लागेर आफ्नो विचारलाई राजनीतिकरण गरिरहेको उनको आरोप थियो ।

देशलाई सम्बृद्ध बनाउन यूरो र अमेरिका भन्दा पनि २ छिमेकी मुलुक भारत र चीनको पछि लाग्नुपर्ने उनको भनाइ थियो । ‘अवको १ दशमभित्र हाम्रो बजार भनेको यी दुई देश हुन्,’ उनले भने । यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय श्रम बजारमा स्थापित गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL