Logo

कालोबजारी नियन्त्रणमा १७२ जना शाखा अधिकृत परिचालन, भन्सार र ठूला बजार निसानामा

कालोबजारी नियन्त्रणमा १७२ जना शाखा अधिकृत परिचालन, भन्सार र ठूला बजार निसानामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कालोबजारी नियन्त्रणका लागि सरकारले देशैभरी अधिकृत स्तरका कर्मचारी परिचालन गर्ने भएको छ । पछिल्लो समय देशमा कालोबजारी बढेको र त्यसलाई न्युनिकरण र अनुसन्धानका लागि अधिकृत तहका कर्मचारी परिचालन गरिएको वाणिज्य विभागका प्रवक्ता हरिनारायण बेलवासेले जानकारी दिए । ‘बजार अनुगमनका लागि मंगलबारबाट १ सय ७२ जना शाखा अधिकृत परिचालन गरिएको छ,’ उनले भने, ‘उनीहरुले कुन क्षेत्रमा कालोबजारी भइरहेको छ सो वारे अध्ययन अनुसन्धान तथा कारवाही गर्ने छन् ।’

बेलवासेका अनुसार अनुगमन देशका मुख्य भन्सार नाका, सीमा क्षेत्र र ठूला बजार केन्द्रित हुनेछ । बढी आर्थिक कारोवार हुने तथा उपभोक्ताको चहलपहल हुने स्थानलाई केन्द्रित गरी अनुगमन गरिने भएको छ । अनुगमनका जाने अधिकृत स्तरका कर्मचारीलाई तालिम दिइरहेको र बुधबारबाट फिल्डमा जाने समेत उनले जानकारी दिए ।

किाठमाडौं उपत्यकामा वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बजार अनुगमन गर्ने छ । तर, काठमाडौं उपत्यका वाहिरको हकमा भने वाणिज्य विभाग, स्थानीय प्रशासन र साना तथा घरेलु उद्योगको सहयोगमा अनुगमन गरिने भएको छ । अनुगमनको क्रममा कालोबजारी गरेको भेटिएमा कानुन अनुसार कडा कारवाही गरिने समेत विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL