Logo

उपत्यका भित्रनै चारै नाकामा विषादी परीक्षण शुरु, सुरक्षाकर्मीसहितको टोलि खट्दै

उपत्यका भित्रनै चारै नाकामा विषादी परीक्षण शुरु, सुरक्षाकर्मीसहितको टोलि खट्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवारदेखि उपत्यका प्रवेश गर्ने चारै नाकामा विषादी चेकजाँच शुरु भएको छ । कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले चारै नाकामा विषादी चेकजांच शुरु गरेको हो ।

तरकारी तथा खाद्य बालीमा प्रयोग हुने विषादीलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ चेकजाँच शुरु गरिएको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए ।

जसअनुसार आज शर्मा र खाद्य विभागका महानिर्देशकको नेतृत्वमा भक्तपुरको जगतीमा नमुना संकलन गरिएको उनले बताए । ‘नाकामा सुरक्षाकर्मीको सहयोगमा विहान ३ बजेदेखि ७ बजेसम्म नमुना संकलन गर्ने छौं’ उनले भने ।

काठमाडौं उपत्यकामा भित्रने अधिकांश तरकारी तथा खाद्य बालीमा विषादी प्रयोगको मात्रा अत्यधिक भेटिएपछि गत बर्षदेखि कालीमाटीमा विषादी परीक्षण गरिदै आएको छ ।

बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा चेकजाँच शुरु गरिएको हो । नमुना तरकारीलाई कालिमाटीमा ल्याएर परिक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्