Logo

एफसी चितवनले खेलाडी छनोट कार्यक्रम आयोजना गर्दै, २३ वर्ष नपुगेकाले भाग लिन पाउने

एफसी चितवनले खेलाडी छनोट कार्यक्रम आयोजना गर्दै, २३ वर्ष नपुगेकाले भाग लिन पाउने



काठमाडौं । फुटवल क्लब एफसी चितवनले खेलाडी छनोट कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी आइतवार विहान साढे ११ बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट अन्तर्गत ट्यालेन्ट क्याम्प र खेलाडी छनोट कार्यक्रम गर्ने भएको हो ।

आगामी अप्रील ८ तारिखबाट शुरू हुने नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगितामा होम ग्राउण्डको प्रतिनिधित्व गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितामा फुटवल खेलमा अब्बल २३ वर्ष नपुगेका र कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेका खेलाडीले भाग लिन पाउनेछन ।

प्रतियोगीमध्ये छनोटमा पर्ने एकजना खेलाडीले एनएसएल मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउने एफसी चितवनले जानकारी दिएको छ । एफसी चितवन आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको एक फुटवल क्लब हो ।

प्रतिक्रिया दिनुहोस्
MBL