Logo

गभर्नर भन्छन्, आफैले पैसा हालेर पुँजी बृद्धि गर्दा प्रश्न उठ्छ, त्यसकारण मर्जरमा

गभर्नर भन्छन्, आफैले पैसा हालेर पुँजी बृद्धि गर्दा प्रश्न उठ्छ, त्यसकारण मर्जरमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर होल्डरले नै पैसा थपेर पूँजी बृद्धि गर्दा विभिन्न खालका प्रश्न उठ्ने भएकाले मर्जरतर्फ आकर्षित भएका बताएका छन् । ‘ठूलो रुपमा पूँजी बृद्धि गर्दा सेयर होल्डर नै लगानीगर्दा त्यसको स्रोत खोजिन्छ,’ प्रभु बैंकको एकिकृत कारोवार कार्यक्रममा उनले भने, ‘अख्तियार लगायत विभिन्न खालका झण्झमा फस्नुभन्दा लगानीकर्ता मर्जरमा आकर्षित भएका छन् ।’ तर, मर्जरभन्दा आफैले पैसा थपेर पूँजी बृद्धि गर्नु उपयुक्त माध्यम भएको उनको सुझाव थियो ।

बैंक तथा वित्तीय संस्थामा पूँजी बृद्धिका लागि नयाँ लगानीकर्ता खोज्न समेत उनले आग्रह गरेका छन् । पूँजी बृद्धिको अन्तिम उपाय मर्जर भएपनि हाल बैंक तथा वित्तीय संस्थाले मर्जलाई नै रोजिरहेको जानकारी दिए । आगामी दिनमा नयाँ लगानीकर्तालाई पनि इन्ट्री दिनुपर्ने उनको भनाइ थियो ।

लगानीकर्ताको विश्वास बढाउनका लागि पनि बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि आवश्यक भएको उनको धारण थियो । ‘देशमा एउटा हाइड्रो प्रोजेक्ट निर्माणका लागि आईएमएफ र विश्व बैंकको मुख ताक्नुपर्ने वाध्यता छ,’ उनले भने, ‘यो जस्तो लाजगर्नु कुरो केही हुन सक्दैन ।’ ठुला प्रोजेक्टमा लगानी बढाउनका लागि पनि पुँजी बृद्धि आवश्यक भएको उनको धारणा थियो ।

पैसा हुँदैमा बैंकर हुन नसक्ने जानकारी दिँदै आगामी दिनमा बैंक तथा वित्तीय संस्थामा बस्ने संचालकले सो सम्बन्धी जानकारी लिनुपर्ने बताए । ‘पैसा हुँदैमा संचालक वा अध्यक्ष बन्ने दिन गए,’ उनले भने, ‘जो सँग सम्बन्धित क्षेत्रको ज्ञान छ उहाँहरुमात्र संचालक समितिमा बस्नुहोस ।’ राष्ट्र बैंकको मुख्य उद्देश्य जनताको लगानी सुरक्षित गर्ने भएको भन्दै आगामी दिनमा जथाभावी रुपमा बैंकको रकम परिचालन गर्नेलाई कुनै पनि हालतमा नछोड्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL