काठमाडौं । सरकारले वैदेशिक द्रुत डाँक सेवाको शुल्क बढाएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार राजपत्रमा एक सूचना जारी गर्दै नेपालबाट विभिन्न देशमा पठाईने डाँक सेवाको शुल्कमा केहि हेरफेर गरेको हो ।
मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार अब वैदेशिक तिव्र डाँक सेवाको मूल्य यसअघिको तुलनामा ११ सय रुपैयाँ सम्मले बढि लाग्ने छ ।