Logo

सुनको मूल्य तोलामा १८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यपनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैंयाँले घटेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL