Logo

वाणिज्य बैंकको सिइओमा ५ जना सिफारिस,अनुभव र विजनेश प्लानलाई आधार मानेर छानिने

वाणिज्य बैंकको सिइओमा ५ जना सिफारिस,अनुभव र विजनेश प्लानलाई आधार मानेर छानिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको रिक्त्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटा संयोजकत्वको सीईओ छनोट समितिले सरकारलाई नाम सिफारिस गरेको हो ।

सो पदका लागि १६ जनाले आवेदन दिएका थिए ।

१६ जनामध्ये वाणिज्य बैककै पूर्व सीईओ कृष्णप्रसाद शर्मा, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य, वाणिज्य बैंककै निमित्त सीईओ भेषराज पन्थी, कृषि विकास बैंकका डेपुटी अनिल उपाध्याय र नेपाल बैंकका पूर्व डेपुटी किशोर श्रेष्ठको नाम नयाँ सीईओको लागि सिफारिस भएको हो ।

सरकारले अन्तर्वार्ता, अनुभव, शैक्षिक योग्ता र विजनेश प्लानलाई आधार मानेर सिइओ छनोट गरिने बताइएको छ

प्रतिक्रिया दिनुहोस्
MBL