Logo

बैंकिङ कसुरका फरार व्यक्तिविरुद्ध मुद्धा दायर, १९ लाख रुपैयाँ जरिवाना

बैंकिङ कसुरका फरार व्यक्तिविरुद्ध मुद्धा दायर, १९ लाख रुपैयाँ जरिवाना



काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अदालतले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना तोकेको थियो । सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकामा सो नसाटिएपछि बैंकिङ कसुर गरेको ठहर भएको थियो ।

विसं २०७७ मा यसरी चेक दिएको भनी परेको मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गते फैसला गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैदको फैसला गरेको थियो । फैसलापछि माताङी फरार थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्न परिचालित टोलीले उनलाई आज भक्तपुरबाट पक्राउ गरेको हो । माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL