Logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह पुनः निर्वाचित, अन्य पदमा यस्ता छन् विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह पुनः निर्वाचित, अन्य पदमा यस्ता छन् विजयी



काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले खसेको ११८५ मतमा ७६५ मत ल्याएर जित हासिल गरेका हुन् ।

सिंहका प्रतिष्पर्धी निकोलश पाण्डेले ३३७ मत ल्याए । हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भए ।

एशोशिएट उपाध्यक्षमा रामजी पन्त, प्रदेश १ उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खेमराज मल्ल निर्वाचित भए । उनीहरु पाण्डे प्यानलका हुन् ।

उपमहासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, आन्तरिकतर्फ नरहरि थपलिया, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा हिरान श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित सिंह यसअघि पनि अध्यक्ष बनिसकेका छन् । यो उनको दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस्
MBL