Logo

ठुला मान्छे भेटाईदिन्छु भन्दै पैसा माग्ने माथि गृहको एक्सन, यी १७ काम गरे कारबाही

ठुला मान्छे भेटाईदिन्छु भन्दै पैसा माग्ने माथि गृहको एक्सन, यी १७ काम गरे कारबाही



काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समय विभिन्न ठगीका घटना बढिरहेको भन्दै १७ प्रकारका ठगीमा कडाई गर्ने चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मिटरव्याजमा पैसा लगाउने, ढुकुटी खेल्न लगाउने र खेल्ने, विशिष्ट मान्छेलाई भेटाईदिन्छु भन्दै पैसा असुल्ने, डिजिटल मुद्रामा कारोबार गर्ने, गराउने, रोजगारीमा लगाईदिन्छु भन्नेलगायतका ठगीका कार्यमा कडाई गर्ने जानकारी दिएको हो ।

मन्त्रालयले सूचनामार्फत यस्ता क्रियाकलापमा नलाग्न र लाग्नका लागि प्रोत्साहन पनि नगर्न आग्रह गरेको छ । यदि यस्ता क्रियाकलापमा लागेको पाईएमा कानुनबमोजिम कारबाही हुने बताईएको छ ।

खासगरी पछिल्लो समय छात्रवृत्ति दिलाउने, कम मूल्यमा जग्गा उपलब्ध गराउने, रोजगारीका लागि विदेश पठाईदिने, घरमै बसीबसी काम गर्न सकिने लगायतका आश्वासन दिनेको बढिरहेको छ । यसरी आश्वासन दिएर ठुलो पैसा असुल्ने गरेको गुनासो धेरै आएपनि गृहले यसमा कडाई गरेको हो ।

ठुला मान्छे भेटाईदिन्छु भन्दै पैसा माग्ने माथि गृहको एक्सन, यी १७ काम गरे कारबाही

प्रतिक्रिया दिनुहोस्