Logo

पूर्वाधार विकास कम्पनीको अध्यक्षमा भट्ट, तत्काल काम अघि बढाइने

पूर्वाधार विकास कम्पनीको अध्यक्षमा भट्ट, तत्काल काम अघि बढाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा भवन भट्ट चयन भएका छन् । कम्पनीको हिजो बसेको संचालक समितिको बैंठकले उनलाई सर्वसम्मतीमा चयन गरेको हो । यस अघिका अध्यक्ष कुशकुमार जोशीले बुझाएको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्षमा चयन गरिएको हो ।

काडमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण कार्य अघि बनाएको उक्त कम्पनीले हालसम्म खासै काम गर्न सकेको छैन । कम्पनीमा १ हजार ७ सय जनाले लगानी गरेका छन् । जसमध्ये सबैभन्दा ठूलो लगानीकर्ताको रुपमा भवन भट्ट रहेका छन् । नयाँ अध्यक्ष आएसँगै तत्काल काम अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

उक्त कम्पनीलाई सरकारले ४ बर्र्षअघि नै लगानी जुटाएर आयोजनाको वित्तीय व्यवस्थापन गर्न निर्देशन दिएपनि हालसम्म जुटाउन सकेको छैन । आयोजना निर्माण गर्न ३५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । उक्त सुरुङ मार्गसँगै सरकारले तराइ मधेश फास्टट्रयाक बनाउने लागेकाले सो आयोजना ओझेलमा पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नेपालमा होटल, ट्राभल, एयरलाईन्स बु्रअरी, शिक्षा तथा मिडिया क्षेत्रमा लगानी गरेका भट्टको जापानमा रेष्टुराँ, रिसोर्ट तथा विभिन्न व्यापार ब्यवसाय सञ्चालन गर्दै अएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL